सञ्चार माध्यममा अन्तर्वाता दिँदै खनालले 'मेचीदेखि महाकाली सम्म धोती' भनेको बिरोधमा सर्लाहीमा मोर्चाका कार्यकताले धोती, कुर्ता लगाएर धोती स्वभिमान र्याली निकालेका हुन्। शान्ति पूर्ण आन्दोलनको निरन्तरदा दिँदै बुधबार मलंगवामा धोती स्वभिमान र्याली निकालेको छ।
मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको १८ दिन सर्लाही सदरमुकाम मलंगवामा मोर्चाका कार्यकर्ताले धोती, कुर्ता लगाएर प्रदर्शन गरेका हुन्। 'धोती, कुर्ता सान है, मधेसीके पहिचान है' भन्ने नारा लगाउँदै मलंगवामा मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

0 comments:
Post a Comment